काठमाडौं- पछिल्लो २४ घन्टामा १ सय ३९ जना कोरोना संक्रमित उपचारपछि विभिन्न आइसोलेसन सेन्टरबाट घर फर्किएका छन् ।
नेपालमा निको हुनेको संक्रमितको संख्या ७ हजार ८ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार २ सय ५३ डिस्चार्ज भएका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, हुम्ला गरी कोरोना मुक्त हुने जिल्ला ५ पुगेका छन्।
नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ।
बुधबार विभिन्न २५ प्रयोगशालबाट ४ हजार ५ सय ८८ जनाको पिसिआर टेस्ट भएको छ।
हाल २४ हजार ४ सय २४ जना क्वारेन्टाइनमा रहेका छन् भने ८ हजार ६ सय ५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
कुन प्रदेशमा कति डिस्चार्ज?
प्रदेश १- ५४३
प्रदेश २- २२३४
बागमती प्रदेश- २८७
गण्डकी प्रदेश- ३५५
प्रदेश ५- २२९६
कर्णाली प्रदेश- १२३८
सुदूरपश्चिम प्रदेश- ९२८