काठमाडौं- पछिल्लो २४ घण्टामा उपत्यकामा ४२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८ जना, ललितपुरमा १३ जना र भक्तपुरमा १ संक्रमित देखिएका छन्।
हालसम्म उपत्यकाका काठमाडौंमा २२४ जना, ललितपुरमा ६९ र भक्तपुरमा ४४ जना संक्रमित देखिएका छन्। उपत्यकामा तीन जिल्लामा हालसम्म २२७ कोरोना संक्रमित देखिएका छन्।
पछिल्लो २४ घण्टामा देशभर ११८ जना संक्रमित थपिएका छन्। यो संगै कूल संक्रमितको संख्या १६ हजार६ सय ४९ पुगेको छ।