भक्तपुर– कोरोना संक्रमणको आशंका भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, ६ महिलासहित १४९ जनालाई भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ।
कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकामध्ये केहीलाई कोरोना संक्रमणको आशंका भएपछि विमानस्थलबाट नौवटा गाडीमा राखेर सिधै खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।
क्वारेन्टाइनमा लगेर पिसीआर परीक्षणको तयारी गरिएको उनले जानकारी दिइन्।