काठमाडौं- आइतबार साँझसम्म देशभर कोरोना संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ। पछिल्लो २४ घन्टामा मात्र ८२ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ।
२५ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ८२ जना संक्रमित भेटिएका हुन्। यसअघि शनिबार करिब डेढ महिनापछि ७० जनामा मात्र्र संक्रमण पुष्टि भएको थियो।
२९ वटा जिल्लामा २ सय बढी संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै संक्रमितको संख्या रौतहटमा छ। रौतहटमा मात्रै १ हजार ४ सय ६८ जना संक्रमित भेटिएका छन्।
कैलालीमा ९११, दैलेखमा ८१५, कपिलवस्तुमा ७५६, महोत्तरीमा ७५९, सर्लाहीमा ७०६, दाङमा ६४८, अछाममा ६२५, डोटीमा ५७८, बाजुरामा ६१६, पाल्पामा ५५५, धनुषामा ५१५, कञ्चनपुरमा ४४७, सुर्खेतमा ४६९, बाँकेमा ३८४, रुपन्देहीमा ३२२ लगायत भेटिएका छन्।
देशभर १८ जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुगेको अवस्था छ। ३० जिल्लामा संक्रमितको संख्या सय भन्दा कम छ।
कुन जिल्लामा कति संक्रमित?
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – १४६८
कैलाली – ९११
दैलेख – ८१५
कपिलवस्तु – ७५६
महोत्तरी – ७५९
सर्लाही – ७०६
दाङ – ६४८
अछाम – ६२५
बाजुरा – ६१६
डोटी – ५७८
पाल्पा – ५५५
धनुषा – ५१५
कञ्चनपुर – ४४७
सुर्खेत – ४६९
रुपन्देही – ३२२
बाँके – ३८४
गुल्मी – ३६०
डडेल्धुरा – २८२
अर्घाखाँची – ३३९
झापा – २९८
सप्तरी – ३२१
प्युठान – ३२८
बैतडी – २७४
नवलपरासी पूर्व – २९१
सल्यान – २४३
सिरहा – २४१
काठमाडौं – २३२
स्याङजा – २०८
बागलुङ – २२१
५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
पर्सा – १६८
बर्दिया – १९५
मोरङ – १९२
बारा – १२९
धादिङ – १३७
सुनसरी – १०५
नवलपरासी पश्चिम – ११४
तनहुँ – १६१
उदयपुर – ८१
गोरखा – ११५
पर्वत – ९४
बझाङ – १६७
चितवन – १०५
कास्की – ८६
कालिकोट – ६१
सिन्धुपाल्चोक – ६३
लमजुङ – ७०
ललितपुर – ७१
१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
जुम्ला – ४२
रामेछाप – ३५
मकवानपुर – ३०
दार्चुला – २०
नुवाकोट – २६
जाजरकोट – १५
सिन्धुली – १८
धनकुटा – ८
भक्तपुर – ४४
भोजपुर – ६
म्याग्दी – २६
ताप्लेजुङ – ११
रुकुम पूर्व – ५
तेह्रथुम – ४
पाँचथर – ७
दोलखा – ९
संखुवासभा – ६
इलाम – १८
हुम्ला – २
मुगु – ६
डोल्पा – ५
रुकुम पश्चिम – ३१
सोलुखुम्बु – २
खोटाङ – १४
मनाङ – १
रोल्पा – ५०
काभ्रेपलाञ्चोक – १६
मुस्ताङ – १
ओखलढुंगा – ६
रसुवा – ११