काठमाडौं- ह्यान्ड स्यानिटाइजर दर्ताका लागि सरकारले तीन महिना थप गरेको निर्णय वि?द्ध नेपाल औषधि उत्पादक संघ आन्दोलनमा उत्रिएका छन्।
सरकारले गुणस्तरको सुनिश्चितता गरेर बिक्रीवितरण गर्नुपर्नेमा बिना दर्ता तीन महिना स्यानिटाइजर बिक्री गर्न दिने निर्णय गरेको भन्दै औषधि उत्पादकह? आन्दोलनमा उत्रिएका हुन्। संघले पहिलो चरणको आन्दोलन अन्तर्गत सरकारको ध्यानाकर्षण स्व?प सोमबार औषधि व्यवस्था विभागमा धर्ना दिएका छन्।
यसअघि संघले निर्णय सच्याउनुपर्ने भन्दै विभागमा पत्राचार समेत गरेको थियो। आफूह?को माग सुनुवाइ नभएपछि आन्दोलनमा उत्रन बाध्य भएको संघका महासचिव विप्लव अधिकारीले बताए।
उनले भने, ‘सरकारले तीन महिना म्याद थप्नु भनेको बिना दर्ता बजारमा स्यानिटाइजर बिक्री वितरणका लागि अनुमति दिनु हो। यसले जनताको स्वास्थ्यसँग खेलवाड गर्न खोजिएको देखिन्छ।’
सरकारले अब पनि निर्णय फिर्ता नलिए आन्दोलनका थप कार्यक्रम ल्याउन बाध्य हुने उनले बताए। एक हप्ताभित्र आन्दोलनका विभिन्न कार्यक्रम सार्वजनिक गर्ने संघको तयारी छ।
अवैध ?पमा र बिना दर्ता स्यानिटाइजर बिक्री भइरहेको अवस्थामा दर्ता अनुमतिका लागि तीन महिना थप गर्न नहुने महासचिव अधिकारीले बताए।
‘जनताको स्वास्थ्यसँग हामी खेलवाड हुन दिन्नौं,’ उनले भने, ‘सरकारले निर्णय फिर्ता नलिएसम्म हामी आन्दोलन गर्छौं र थप एक हप्ताभित्र थप कार्यक्रम सार्वजनिक गर्छौं।’
सरकारले तीन महिना दर्ता प्रक्रियाका लागि समयावधि थप गर्दा जनताको स्वास्थ्यप्रति सरकार संवेदनशील नभएको संघको भनाइ छ। सरकारले तीन महिना थप गर्दा अवैध ?पमा र विना दर्ता स्यानिटाइजर बनाउने काम बढ्न सक्ने उनले बताए।
विभागमा दर्ता भई स्वदेशमै उत्पादन हुने इथानोलको प्रयोग गरी करिब हाल ४० उद्योगले स्यानिटाइजर उत्पादन गरिरहेका छन्। विभागले चैत ९ गते सूचना निकाली तीन महिना भित्र दर्ता प्रक्रियामा आउन आह्वान गरेको थियो। सूचना बमोजिम ४० वटा उद्योगले १ सय २० वटा स्यानिटाइजर उत्पादनका लागि दर्ता गरेको संघले जनाएको छ।