काठमाडौं- पछिल्लो २४ घन्टामा एक हजार ७ सय ५ जना कोरोना संक्रमित उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
नेपालमा निको हुने कोरोना संक्रमितको संख्या १० हजार २ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार १ सय ४७ डिस्चार्ज भएका थिए।
नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ।
सोमबार विभिन्न २५ प्रयोगशालबाट ५ हजार ८ सय ५६ जनाको पिसिआर भएको छ।
हालसम्म २३ हजार ४ सय ७० जना क्वारेन्टाइनमा रहेका छन् भने ६ हजार ६ सय १३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।