काठमाडौं - अभियान असल डाक्टरका संयोजक डा सुशील कोइरालाले अनलाइन सशुल्क चिकित्सकीय परामर्शलाई व्यवस्थित गर्न माग गरेका छन् ।
कोरोना महामारीको समयमा विभिन्न चिकित्सकहरुले सशुल्क अनलाइन चिकित्सकीय परामर्श गरिरहेको भन्दै यसलाई व्यवस्थित गर्न माग गरेका हुन्।
उनले नेपाल मेडिकल काउन्सिलमा पत्र पठाउँदै यस सम्बन्धी कुनै प्रष्ट निर्देशिका भए नभएको र ईहेल्थ सेवाहरुको अनुगमन के कसरी भइरहेको छ भन्ने बारे प्रश्न गरेका छन् ।
उनले नेपाल मेडिकल काउन्सिल सोमबार पत्र लेख्दै जवाफ मागेका हुन्।
पत्रमा भनिएको छ, ‘अनलाइन चिकित्सकीय परामर्श सेवा प्रदान गर्दा के कस्ता कार्यविधिहरु अपनाउनुपर्ने हो, स्वास्थ्य मन्त्रालयको कुन आधिकारिक संस्थामा दर्ता हुनुपर्ने हो, कुन प्रक्रियाबाट आईसिटी कम्पनीले सेवा सञ्चालन गर्न पाउने हो? काउन्सिको कुनै प्रष्ट निर्देशिका छ/छैन र ई हेल्थ सेवाहरु कसरी अनुगमन भइरहेको छ भन्ने बारे जानकारी पाउन अनुरोध गर्दछु।’
अनलाइन चिकित्सकीय सेवा व्यवस्थित नभए बिरामी, चिकित्सक र सरकार स्वयं ठगिने उनको भनाई छ मेडिकल काउन्सिले यस तर्फ छिटो कदम चाल्न उनले आग्रह समेत गरेका छन्।
