काठमाडौं– स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको अनियमितताबारे छानबिनका लागि सार्वजनिक लेखा समितिले आज स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार, तत्कालीन स्वास्थ्य सचिव र स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशकलाई बोलाएको छ।
समितिको बिहान ११ बजे बस्ने बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा। खेम कार्की, मन्त्रालयका तत्कालीन सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक महेन्द्रबहादुर श्रेष्ठलाई बोलाइएको हो।
गत चैत दोस्रो चीनबाट स्वास्थ्य सामग्री खरिद गर्न सरकारले ओम्नी समूहलाई जिम्मा दिएइको थियो। ओम्नीले ल्याएको सामग्री गुणस्तरीय नभएको, मागभन्दा कम सामग्री ल्याएकोलगायतका आरोप लागेको थियो। सोही विषयमा लेखा समितिले छानबिन थालेको हो।