काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ। गत २४ घण्टामा १ सय १६ जना भेटिएसँगै संक्रमितको संख्या १७ हजार ६१ जना पुगेको छ।
२५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान प्रयोगशालामा धनकुटाका ३ जना, सिराहमा १, सुनसरीका १ जना, तेह्रथुमका १ जना संक्रमित पुष्टि भएको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा इलामका २ जनामा र प्रादेशिक जनस्वास्थ्य विराटनगरमा झापाका १ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १९ जना र महोतरीका १९ जना संक्रमित भएका छन्। नारायणी अस्पताल वीरगञ्ज प्रयोगशालामा पर्साका २ र धनुषाका २ जनाको कोराना संक्रमण पोजिटिभ देखिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गोरखाका १ जना र नुवाकोटका १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका १ जना र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा नवलपरासी पूर्वका २ जना, रौतहटका एक जना र सिन्धुलीका एक जनामा संक्रमण देखिएको छ।
धुलिखेल अस्पताल प्रयोगशालमा काभे्रपलाञ्चोका २ र ओखलढुंगाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज अस्पतालमा गोरखाका १, कैलालीका १, काठमाडौंँका १ जना, पाल्पाका १, सिन्धुपालचोक १ र सुर्खेतका १ जना पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा प्युठानका ३ जना रहेका छन्। भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा बाँकेका १, रोल्पाका ३, बर्दियाका १ जना र दाङका ५ जनामा कोरोना पृष्टि भएको मन्त्रालयले जनाएको छ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अर्घखाचीका ३ जना र पाल्पाका ४ जना रहेका छन् । आर्टिपिसिआर दैलेख प्रयोगशालमा दैलेखका ६ जना र कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अछामका १२, जुम्लाका ४ जनामा कोरोना पृष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल धनगडीमा अछामका २ जना, कंञ्चनपुरका १, कैलालीका ४ जना संक्रमित भएको प्रवक्त गौतमले बताए।
गत २४ घण्टामा कोरोनाको आशंका गरिएका ४ हजार ३ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ। मुलुकभर हाल ६ हजार ६ सय ९५ जना अस्पतालको आइसोलेसन र २४ हजार ७ सय १६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।