काठमाडौं- धरानस्थित बिपी कोरइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा प्राडा मोहनचन्द्र रेग्मो नियुक्त भएका छन्।
डा रेग्मीलाई प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आइतबार नियुक्त गरेका हुन्।
डा रेग्मी प्रतिष्ठानकै प्रसूति तथा स्त्रीरोग विभागका प्रमुख हुन्।
प्रतिष्ठानमा एक वर्षदेखि रजिष्ट्रार पद रिक्त थियो।