काठमाडौं - सरकारले विदेशबाट फर्कने सबैको पिसिआर परीक्षण गर्ने भएको छ। नेपालमा कोरोनाको जोखिम रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आउने सबैको परीक्षण गर्ने निर्णय गरेको हो।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हवाई मार्गत मार्फत विमानस्थलबाट आउनेको हकमा ५ दिन होल्डिङ सेन्टरमा बसेपछि र भारतबाट आउनेको हकमा सम्बन्धित नाका तथा क्षेत्रमा रहेका क्वारेन्टाइनमा पिसिआर परीक्षण गर्ने निर्णय भएको हो।
'विदेशबाट आउने सबैको परीक्षण गरेपछि मात्र स्थानिय तहमा पठाउने निर्णय भएको हो,' स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा उनले भने।