काठमाडौं- आइतबार साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ। गत २४ घन्टामा मात्र १ सय ५६ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ५६ जनामा कोरोना पुष्टि भएको हो।
३० जिल्लामा जिल्लामा २ सय बढी संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै संक्रमित रौतहटमा भेटिएको छ। रौतहटमा मात्र १ हजार ५ सय ७ जना भेटिएको मन्त्रालयले जनाएको छ।
कैलालीमा ९७८, दैलेखमा ८३७, सर्लाहीमा ८०३, महोत्तरीमा ७८२, कपिलवस्तुमा ७६५, दाङमा ६६६, अछाममा ६४५, बाजुरामा ६१६, धनुषामा ६०४, डोटीमा ५८१, पाल्पामा ५६४, सुर्खेतमा ५४२, कञ्चनपुरमा ४६३ लगायत भेटिएका छन्।
१७ वटा जिल्लामा करिब २ सय जना संक्रमित छ भने २९ जिल्लामा ५० भन्दा कम संक्रमित रहेका छन्।
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – १५०७
कैलाली – ९७८
दैलेख – ८३७
सर्लाही – ८०३
महोत्तरी – ७८२
कपिलवस्तु – ७६५
दाङ – ६६६
अछाम – ६४५
बाजुरा – ६१६
धनुषा – ६०४
डोटी – ५८१
पाल्पा – ५६४
सुर्खेत – ५४२
कञ्चनपुर – ४६३
रुपन्देही – ३२४
बाँके – ३९९
गुल्मी – ३६२
अर्घाखाँची – ३४२
झापा – ३१०
सप्तरी – ३६८
प्युठान – ३३३
डडेल्धुरा – २९७
बैतडी – २७६
नवलपरासी पूर्व – ३३४
सल्यान – २५३
सिरहा – २४३
काठमाडौं – २४७
स्याङजा – २१२
बागलुङ – २२७
बर्दिया – २१९
मोरङ – २०९
५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
पर्सा – १८१
बारा – १३५
धादिङ – १३८
सुनसरी – ११२
नवलपरासी पश्चिम – ११४
तनहुँ – १७३
उदयपुर – ८२
गोरखा – ११८
पर्वत – ९७
बझाङ – १७३
चितवन – ११३
कास्की – ९५
कालिकोट – ६१
सिन्धुपाल्चोक – ६५
लमजुङ – ९८
ललितपुर – ७८
रोल्पा – ६६
१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
जुम्ला – ४८
रामेछाप – ३५
मकवानपुर – ३६
दार्चुला – २०
नुवाकोट – ३१
जाजरकोट – १९
सिन्धुली – २१
धनकुटा – १२
भक्तपुर – ४७
भोजपुर – ६
म्याग्दी – ४३
ताप्लेजुङ – १२
रुकुम पूर्व – ५
तेह्रथुम – ७
पाँचथर – ७
दोलखा – १०
संखुवासभा – ६
इलाम – २७
हुम्ला – २
मुगु – ८
डोल्पा – ५
रुकुम पश्चिम – ३८
सोलुखुम्बु – २
खोटाङ – १४
मनाङ – १
काभ्रेपलाञ्चोक – २०
मुस्ताङ – १
ओखलढुंगा – २२
रसुवा – ११