काठमाडौं- सोमबार १७३ जना कोरोना संक्रमित उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। नेपालमा निको हुने संक्रमितको संख्या ११ हजार ८ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार ५८ जना डिस्चार्ज भएका थिए।
भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ सहित ७ जिल्ला कोरोना मुक्त भएका छन्।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सँगै संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ।
सोमबार विभिन्न २७ प्रयोगशालबाट ४ हजार २ सय १६ जनाको पिसिआर भएको छ।
हालसम्म २२ हजार २ सय २८ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ९ सय ३६ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
हालसम्म कुन प्रदेशमा कति डिस्चार्ज?
प्रदेश १ : ७५२
प्रदेश २ : २६९७
बागमती प्रदेश : ४५१
गण्डकी प्रदेश : १००४
प्रदेश ५ : ३७७१
कर्णली प्रदेश : १५२२
सुदूरपश्चिम प्रदेश : १६७१