काठमाडौं- देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ। हाल सक्रिय संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी छ।
हाल ६ हजार १०९ सक्रिय संक्रमित छन् भने निको हुनेको संख्या ११ हजार ८६८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल संक्रमितको ६६ दशमलब ५१ प्रतिशत निको भएका छन्।
पछिल्लो २४ घण्टामा देशभर १८६ जना कोरोना भाइरस संक्रमित थपिएपछि कूल संक्रमितको संख्या भने १७ हजार ८४४ पुगेको छ।
सोमबार देशभर १७३ जना कोरोना संक्रमणमुक्त भएका छन्।
हालसम्म देशभर ४० संक्रमितको मृत्यु भएको छ।
मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा धेरै संक्रमित प्रदेश नम्बर २ मा छन्। प्रदेश २ मा हालसम्म ४ हजार ६३६ जनालाई कोरोना संक्रमण भएको छ। जससध्ये २ हजार ६९७ जना निको भइसकेका छन्।
प्रदेश नम्बर ५ मा ४ हजार १९१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ३ हजार ७७१ जना संक्रमणमुक्त भइसकेका छन्।
सुदुरपश्चिम प्रदेशमा ४ हजार ९५ जनालाई कोरोना संक्रमण भएको छ। तीमध्ये १ हजार ६७१ जना निको भइसकेका छन्।
कर्णाली प्रदेशमा १ हजार ८२५ जना संक्रमितमध्ये १ हजार ५२२ जना संक्रमण मुक्त भइसकेका छन्।
गण्डकी प्रदेशमा हालसम्म १ हजार ३९३ संक्रमितमध्ये १ हजार ४ जना संक्रमणमुक्त भएका छन्।
बागमती प्रदेशमा ५९ संक्रमितमध्ये ४५१ जना संक्रमणमुक्त भइसकेका छन्। प्रदेश १ मा सबैभन्दा कम संक्रमित देखिएका छन्। प्रदेश १ मा हालसम्म ८४५ संक्रमितमध्ये ७५२ संक्रमित निको भइसकेका छन्।