काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ। गत २४ घन्टामा मात्र १ सय ५० जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घज्टामा २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ५० जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापाका २, सलाहीमा १, उदयपुरमा ८ जना कोरोना भेटिएको छ।
कोशी अस्पताल विराटनगर प्रयोगशालमा इलामका २ र सप्तरीका १ जनामा कोरोना पृष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ३ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषा २९, महोतरीका १३ जनामा कोरोना पृष्टि भएको छ।
त्यस्तै नारायणी अस्पताल वीरगञ्जमा पर्साका २ जना, भरतपुर अस्पताल प्रयोगशाला चितवनमा चितवनका ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएकोे छ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा मकवानपुरका ५ जनामा कोरोना पुष्टि भएको छ।
धुलिखेल अस्पताल धुलीखेल प्रयोगशालामा काभ्रेपलाञ्चोकका १ र रामेछापका २ जनामा कोरोना भेटिएको छ।
पाटन अस्पताल ललितपुर प्रयोगशालमा सर्लाहीका १ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज प्रयोगशालामा चितवनका १, कैलालीका १, काठमाडौंका ८ जना, महोतरीका १, नुवाकोटका १, र सर्लाहीका १ जनामा कोराना पृष्टि भएको मन्त्रालयले जनाएको छ।
स्टार अस्पताल सानेपामा ललितपुरका १ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा प्रयोगशालमा गोर्खाका ३ जना कोरोना भेटिएको छ।
प्रादेशिक क्षयरोग केन्द्र पोखरामा म्याग्दीका ३ ,स्याङ्जाका ३ र बाग्लुङका ३ जनामा कोरोन देखिएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा नवलपरासीका १ जना, भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालमा बाँकेका ३, दाङका ३ जना संक्रमित भेटिएका छन्।
सुर्खेत प्रादेशिक प्रयोगशालमा दैलेखका १, सल्यानका १ जनाका कोरोना देखिएको मन्त्रालयले जनाएको छ।
रियल पिसिआर प्रयोगशाला दैलेखमा दैलेखका ९ जना, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाल रुकुम पश्चिममा सल्यानका १ जनामा कोराना भेटिएको छ।
डडेल्धुरा अस्पपताल डडेल्धुरामा डोटीका ४ जना र सेति अस्पताल प्रयोगशालमा धनगडीमा कैलालीका ३, बझाङका ४ र कन्चनपुरका २० जना संक्रमित भेटिएका छन्।
कोरोनाको आशंकामा गत २४ घन्टामा ३ हजार ९ सय ६३ जनाको पिसिआरबाट परीक्षण गरिएको छ। मुलुकभर हाल ५ हजार ४ सय ७७ जना अस्पतालको आइसोलेसन र २१ हजार ७ सय ४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।