काठमाडौं- बुधबार काठमाडौंमा ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ ३ जना संक्रमित थपिएको जानकारी दिए।
योसँगै काठमाडौंँमा संक्रमित हुनेको संख्या २ सय ५७ पुगेको छ।
काठमाडौं उपत्यका सहित पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप एक सय जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ।
पछिल्लो २४ घन्टामा थप २ सय ७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १२ हजार ६ सय ८४ पुगेको छ।