काठमाडौं- वीरगञ्जमा दुई जना चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालबाट केही समयअघि अवकाश पाएका एक चिकित्सक र सोही अस्पतालमा कार्यरत एक चिकित्सकमा कोरोना पुष्टि भएको हो।
उनीहरुलाई बिरामीबाटै कोरोना सरेको हुन सक्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मदनकुमार उपाध्यायले बताए।
उनले भने, ‘उहाँहरु दुवै जना निजी क्लिनिकमा पनि काम गर्नुहुन्छ। यहाँ अस्पतालको बिरामीबाट नभई क्लिनिकमा आएका बिरामीबाट कोरोना सरेको हुन सक्छ।’
नारायणी अस्पतालमा हाल ४५ जना कोरोना संक्रमित उपचाररत छन्। गएराति नारायणी अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको थियो।