काठमाडौं - चिकित्सा शिक्षा नियमावली २०७७ एक साताअघि नै मन्त्रिपरिषदबाट स्वीकृत भएको हो। तर हालसम्म पनि उक्त नियमावली सार्वजनिक हुन सकेको छैन।
मन्त्रिपरिषदबाट स्वीकृत भएको नियमावली लामो समयसम्म पनि सार्वजनिक नहुँदा धेरैले यो विषयमा जिज्ञासा राखेका थिए। स्वास्थ्यखबरले उक्त नियमावली प्राप्त गरेको छ।
नियमावलीमा सबैभन्दा बढी चासोको विषय पिजी अध्ययनका लागि तोकिने सिटको प्रतिशतमा थियो। सरकारले स्नातकोत्तर तहमा विद्यार्थी छनौटका लागि खुला प्रतियोगिताबाट पचास प्रतिशत, सरकारी सेवामा कार्यरत व्यक्तिबाट चालीस प्रतिशत र विदेशी विद्यार्थीबाट दश प्रतिशत हुने व्यवस्था नियमावलीमा गरेको छ।
यस्तो छ नियमावली