काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भेरी अस्पताला एक कर्मचारीलाई नगदसहित नियन्त्रणमा लिएको छ।
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयबाट गएको टोलीले अस्पतालको कम्प्यूटर अपरेटर अरूण राज खनाललाई १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो।
विभिन्न फर्म तथा पसलहरूबाट लिएको कमिशन बापतको रकम र चेकसमेत अफ्नो कार्यकक्षमा राखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको टोली अनुसन्धानका लागि पुगेको थियो। सो क्रममा स्रोत नखुलेको नगद रकम निजकै कार्यकक्षमा राखेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।