फाइल तस्बिर
काठमाडौं– पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट थप १ सय ७ जना कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज भएका छन्।
शुक्रबार डिस्चार्ज भएकासहित नेपालमा निको हुनेको संख्या १२ हजार ९ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो कुल संक्रमित १८ हजार ३ सय ७४ को ७० दशमलव ५ प्रतिशत हो।
मन्त्रालयका अनुसार भोजपुर, पाँचथर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ सहित ६ जिल्ला कोरोनामुक्त भएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ।
शुक्रबार विभिन्न प्रयोगशालबाट ३ हजार ९ सय ८७ जनाको पिसिआर परीक्षण भएको छ।
हालसम्म १९ हजार ४ सय ४४ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ३ सय ८३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
हालसम्म कुन प्रदेशमा कति डिस्चार्ज?
प्रदेश १–७७२
प्रदेश २ –२८८०
बागमती प्रदेश – ४५८
गण्डकी प्रदेश – ११०२
प्रदेश ५– ३८८३
कर्णाली प्रदेशमा –१५८३
सुदूरपश्चिम प्रदेश – २२८२