काठमाडौं- गत २४ घण्टामा काठमाडौं उपत्यकामा तीन जनामा कोरोना संक्रमण भेटिएको छ। काठमाडौंका २ र ललितपुरका १ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौं र ललितपुरका १/१ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।यस्तै, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
योसँगै काठमाडौंमा कुल संक्रमितको संख्या २ सय ७७ र ललितपुरमा ८३ जना पुगेको छ। काठमाडौं उपत्यकासहित गत २४ घण्टामा १ सय ९ जनामा कोरोना पुष्टि भएको छ।
४ हजार ५ सय ४३ जनाको पिसिआर परीक्षण गर्दा १ सय ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।