काठमाडौं- पछिल्लो २४ घन्टामा ७५ जना कोरोना संक्रमित उपचा पछि विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। शनिबार १ सय ६ जना डिस्चार्ज भएका थिए।
योसँगै निको हुनेको संख्या १३ हजार १ सय २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
भोजपुर, पाँचथर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ सहित ६ जिल्ला कोरोना मुक्त भएका छन्।
नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार विभिन्न प्रयोगशालबाट ३ हजार ३ सय जनाको पिसिआर टेस्ट भएको छ।
हालसम्म १७ हजार ९ सय ३ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ४ सय ४० जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
कुन प्रदेशमा कति डिस्चार्ज ?
प्रदेश १– ७७५
प्रदेश २– २९४४
बागमती प्रदेश– ४६८
गण्डकी प्रदेश– ११९१
प्रदेश ५– ३९०३
कर्णली प्रदेश– १५८५
सुदूरपश्चिम प्रदेश– २३०२