काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ। पछिल्लो २४ घन्टामा मात्र १ सय ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा झापाका १, मोरङका ३, इलामका ८ र सिरहाका १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका २३, सुनसरीका २, उदयरपुर र तेह्रथुमका १/१ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धुनषाका १ र महोत्तरीका २ जनामा कोरोना भेटिएको छ।
नारायणी अस्पताल वीरगञ्जमा पर्साका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा दाङका १, काठमाडौंका २, नुवाकोटका १ र सोलुखुम्बुका २ जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौं र पर्साका ३/३, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा नवलपरासी पूर्वका २, रौतहट र मकवानपुरका १/१ जनामा कोरोना भेटिएको छ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा बाराका १, स्टार अस्पताल प्रयोगशाला सानेपामा कास्कीका १ र काठमाडौंका ३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोरखा र कास्कीका २/२, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मी, रुपन्देही र अर्घाखाँचीका १/१, भेरी अस्पताल नेपालगञ्जमा बाँकेमा २, बर्दियाका ६ र जुम्लाका १ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रोल्पाका ३, सुर्खेत प्रादेशिक अस्पतालमा दैलेखका १ र सुर्खेतका ३, दैलेख आरटी पिसिआर प्रयोगशालामा दैलेखका २४, सेती प्रादेशिक अस्पताल धनगढीमा अछामका १४, बाजुराका ३ र कञ्चनपुरका १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
कोरोनाको आशंकामा गत २४ घण्टामा ३ हजार ३ सय जनाको पिसिआर परीक्षण भएको छ। योसँगै पिसिआर परीक्षण हुनेको संख्या ३ लाख ४२ हजार ४ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ।
देशभर हाल ५ हजार ४ सय ४० जना संक्रमित अस्पतालको आइसोलेसनमा र १७ हजार ९ सय ३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयको तथ्यांक छ।