काठमाडौं— सरकारी चिकित्सक संघ (गोदाना)को नयाँ कार्यसमितिका लागि साउन २४ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा ३ जना सहित विभिन्न पदका लागि २९ जनाले उम्मेदवारी गर्दा गराएका छन्।
अध्यक्ष पदका लागि डा रविन खड्का, डा दिपक थापा मगर र डा समाज गौतमले उम्मेद्वारी दर्ता गराएका छन्।
महासचिव पदका लागि डा कीर्तिपाल सुवेदी र डा विजयकुमार साहले प्रतिस्पर्धा गर्ने भएका छन्।
वरिष्ठ उपाध्यक्षका लागि डा रामप्रसाद सापकोटा र डा विजय थापा र उपाध्यक्ष पदका लागि डा सुशील मोहन भट्टराई र डा विप्लव घिमिरेले उम्मेद्वारी दर्ता गएका छन्।
साउन १० र ११ गते अनलाइन र प्रत्यक्ष रुपमा उम्मेदवारी दर्ता गराउने क्रममा सचिव पदका लागि डा रोशन भगत, डा रामहरी दाहाल र डा विश्वनाथ अधिकारीले उम्मेदवारी दिएका छन्।
डा झुमा सिलवाल र डा सुधा शाहीले कोषाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।
सदस्य पदका लागि डा सौगात पौडेल, ढा किरण पाण्डेय, डा सुसन भट्टराई, डा विजय गुरुङ, डा प्रकाश भट्टराई, डा सरदचन्द्र बराल, डा गौरव साह, डा कुशल खनाल, डा इश्वरी खनाल, डा विजयकुमार मेहता, डा हेमा जोशी, डा सचिन यादव र डा शेषराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन समितिले उम्मेदवारीमा दावीविरोध तथा नाम फिर्ताका लागि साउन १२ र १३ गते अपराह्न्न ४ बजेसम्म समय दिएको जनाएको छ। समितिले साझ ५ बजे उम्मेदवारीको अन्तिम नामावली प्रकाशित गर्ने जानकारी दिएको छ।