काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ। पछिल्लो २४ घन्टामा ३ सय ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोशी अस्पताल विराटनगर प्रयोगशालमा झापाका २ र मोरङका १६ जनामा कोरोना पृष्टि भएको मन्त्रालयले जनाएको छ।
प्रदेशिक जनस्वास्थ्य प्रयोगशाल विराटनगरमा झापामा १, ओखलढुङगाका १ र मोरङका १ जनामा कोरोना भेटिएको छ।
गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणका क्रममा सप्तरीका १५ र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषा र महोतरीका ८÷८ मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
नारायणी अस्पताल वीरगञ्जमा बारार इलामका १÷१ र पर्साका १३ जनामा कोरोना पृष्टि भएको छ।
राष्ट्रिय प्रयोगशाला टेकुमा भक्तपुरका १, कपिलवस्तुका ३४, काठमाडौंका ११, नुवाकोटका १ र सिन्धुपाल्चोकका ४, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दाङ र गोरखाका १÷१, काठमाडौंका ९, ललितपुर र रामेछापका १÷१ जनामा कोराना पुष्टि भएको छ।
भरतपुर अस्पताल भरतपुरमा नवलपरासी पूर्वका १, पाटन अस्पताल प्रयोगशालमा धनुषा १, पर्साका १, ललितपुरका १ र सर्लाहीका १ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा नवलपरासीका १ र काठमाडौंका १, नेपाल प्रहरी अस्पताल प्रयोगशाला महाराजगञ्जमा काठमाडौंका २१ जनामा कोरोना पृष्टि भएको मन्त्रालयले जनाएको छ।
स्टार अस्पताल सानेपामा काठमाडौंका ६ र ललितपुरका २ जनामा कोरोना भेटिएको छ।
प्रादेशिक क्षयरोग केन्द्र प्रयोशाला पोखरामा कास्कीका २, लमजुङका २ र स्याङ्जाका १८ जनाका कोरोना देखिएको छ।
प्रादेशिक जनस्वास्थ प्रयोगशाला रुपन्देहीमा बाराका ४, रौतहटका १ र मकवानपुरका १, भेरी अस्पताल प्रयोगशाल नेपालगञ्जमा दाङका ५ र बाँकेका ३ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवल प्रयोगशालमा नवलपरासी पूर्वका ५ जना र रुपन्देहीका २ जनामा कोरोना देखिएको छ।
सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालमा सुर्खेतका ३, दैलेख रियल टाइम पिपिसआर प्रयोगशालमा दैलेखका १ जनामा कोरोना पृष्टि भएको छ।
डडेल्धुरा प्रयोगशाला अस्पतालमा बझाङका ३, डोटीका २९ जनामा कोरोना देखिको छ।
सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा अछामका १६, दार्चुलाका १, डोटीका २३, कैलालीका १८ र कञ्चनपुरका १ जनामा कोरोना पृष्टि भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार देशभर हाल ५ हजार १ सय ३९ जना अस्पतालको आइसोलेसनमा र १५ हजार ३ सय ३१ जना क्वारेन्टाइनमा छन्।