काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले लकडाउन जारी गरेको छ। कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न प्रतिष्ठानले लकडाउन जारी गरेको हो।
बुधबारदेखि जारी गरिएको लकडाउन अर्को सूचना जारी नहुन्जेलसम्म लागू हुने प्रतिष्ठानले जनाएको छ। लकडाउन उल्लंघन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने प्रतिष्ठानले जारी गरेको सूचनामा उल्लेख छ।
प्रतिष्ठानको छात्राबासमा बसोबास गर्ने सबै शिक्षक÷कर्मचारी तथा तीनका आश्रित परिवार लगायत विद्यार्थीलाई अत्यावश्यक काम बाहेक बाहिर नजान भनिएको छ। प्रतिष्ठानको हाताभित्रको खेलमैदान, सडक र अन्यत्र हिँडडुल गरेको पाइएमा सुरक्षाकर्मीद्वारा कारबाही गरिने प्रतिष्ठानले जनाएको छ।
शिक्षक तथा कर्मचारी लगायत विद्यार्थीहरु बाहिर स्थान÷जिल्ला जानु परेमा पूर्व स्वीकृति लिनुपर्ने, अनिवार्य रुपमा मास्क लगाउने तथा सामाजिक दूरी कायम गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।