काठमाडौं- गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप ३८ जनामा कोरोना भेटिएको हो।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले विज्ञप्ति जारी गरी दुई महिला र ३६ जना पुरुषमा संक्रमण भेटिएको जनाएको छ। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ७९ जना पुगेको छ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङजाका ११, बागलुङका ६, तनहुँका ३, नवलपरासी पूर्वका १ र लमजुङका २ जनामा कोरोना पुष्टि भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका १४ र लमजुङका १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेशमा हालसम्म १ हजार २ सय ३० जना उपचारपछि डिस्जार्च भएका छन् ।