काठमाडौं- बिहीबार काठमाडौं उपत्यकाका तीन जिल्लामा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४१ भक्तपुरमा ५ र ललितपुरमा २ जना गरी ४८ जनामा संक्रमण देखिएको हो।
बिहीबार थपिएका ४८ जनासहित उपत्यकामा संक्रमितको संख्या ५३९ पुगेको छ।
काठमाडौंमा कोरोना संक्रमित हुने व्यक्तिको संख्या ३९१ ललितपुरमा ९२ र भक्तपुरमा ५६ पुगेकोछ।
बुधबार देशभर २७४ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या १९ हजार ५४७ पुगेको छ।
बिहीबार थप २२७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १४ हजार २ सय ४८ जना उपचारपछि निको भएका छन्।
नेपालमा हालसम्म ५२ जना संक्रमितको मृत्यु भएको छ।