काठमाडौं- पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। ललितपुर निवासी ६५ वर्षीया महिलाको शुक्रबार बिहान निधन भएको अस्पतालले जनाएको छ।
स्टार अस्पतालमा उपचारका क्रममा कोरोना पोजिटिभ देखिएपछि उनलाई साउन ६ गते पाटन अस्पतालमा भर्ना गरिएको थियो।
अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माले उनलाई निमोनिया भएको जानकारी दिए।
योसहित नेपालमा कोरोना संक्रमण भएका ५६ जनाको मृत्यु भएको छ।