काठमाडाैं- प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएको छ। प्रहरी प्रधान कार्यालयका प्रहरीमा काेराेना देखिएपछि कन्ट्र्याक ट्रेसिङमा परीक्षण गर्दा सापकाेटाकाे सुरक्षाका लागि अगुवा गाडीमा रहेका एक सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको हो।
उनी साउन ६ गतेसम्म सभामुखकाे अगुवामा सुरक्षार्थ खटिएका थिए। उक्त मितिदेखि उपस्थित नभएको र सभामुखसँग भेट नभएको सभामुखकाे सचिवालयले जनाएको छ। स्रोतका अनुसार एक जना सुरक्षाकर्मीमा कोरोना देखिएपछि सभामुखको सचिवालमा खटिएका सुरक्षाकर्मी र अन्यको स्वाब संकलन गरिएकाे छ।
परीक्षणकाे रिपाेर्ट आज र भोलिसम्म आउने र अनि मात्र अन्यमा संक्रमण सरे वा नसरेको जानकारी हुने सचिवालय स्रोतले बतायो।