काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ। गत २४ घण्टामा मात्र २ सय ४६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणको क्रममा सुनसरीका १०, कोशी अस्पताल विराटनगरमा मोरङका १३ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा सुनसरीका १ र मोरङका ३, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ३५, चितवनका १, महोत्तरीका ४ र सर्लाहीका १ जनामा कोरोना पुष्टि भएको छ।
नारायणी अस्पताल वीरगञ्जमा पर्साका ७८, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बझाङका २, डोटीका ११, कैलालीका १०, काठमाडौंका ११ र ललितपुरका ४ जनामा कोरोना भेटिएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा कोरोना पुष्टि हुनेमा शुक्रराज ट्रपिकल तथा सरुवा अस्पताल टेकुमा बर्दिया, गोरखाका र दार्चुलाका १÷१, काठमाडौंका ८, रौतहटका २, सिन्धुलीका १ र सुनसरीका १ जना छन्।
वीर अस्पताल काठमाडौंमा काठमाडौंका १, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ललितपुर, पर्सा र सर्लाहीका १÷१, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका २ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ।
स्टार अस्पताल सानेपामा पर्साका २, ललितपुरका ३ र महोत्तरीका १, नेपाल कोरियामैत्री अस्पताल भक्तपुुरमा भक्तपुरका १, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका ५ जनामा कोरोना भेटिएको छ।
प्रादेशिक क्षयरोग केन्द्र पोखरामा बागलुङका १, लमजुङका ३, स्याङजाका ८ र तनहुँका २, भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा बर्दियाका ९, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नवलपरासी पूर्वका ३ र रुपन्देहीका १, डडेल्धुरा अस्पतालमा डोटीका १ जनामा कोरोना पुष्टि भएको छ।
कोरोनाको आशंकामा गत २४ घण्टामा ८ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण भएको छ। मन्त्रालयले आरडिटी परीक्षण नगर्न निर्देशन दिएसँगै आरडिटी परीक्षण बन्द हुने भएको छ।
कुल संक्रमितमध्ये हाल ५ हजार ६ सय ७२ जना सक्रिय संक्रमित छन्। मुलुकभर हाल १० हजार ९ सय ३४ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।