काठमाडौं- पछिल्लो२४ घण्टामा थप ३ सय ५८ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको जानकारी दिएका हुन्।
यो सहित नेपालमा हालसम्म १४ हजार ९ सय ६१ उपचारपछि निको भएका छन्।
भोजपुर, संखुवासभा, मनाङ, मुस्ताङ गरी ४ जिल्लामा संक्रमित शून्य भएका छन्।
हाल १० हजार ४ सय ५२ जना हाल क्वारेन्टाइनमा छन्। आइसोलेसनमा ५ हजार ७ सय ३२ जना रहेका छन्। हालसम्म नेपालमा ५७ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
कुन प्रदेशमा कति डिस्चार्ज ?
प्रदेश १– ८७५
प्रदेश २– ३१७६
बागमती प्रदेश– ५४३
गण्डकी प्रदेश– १३३०
प्रदेश५– ४०६६
कर्णली प्रदेशमा –१७२३
सुदुरपश्चिम प्रदेश – ३२४८