काठमाडौं- देशभर हाल ३६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटर उपचाररत छन्।
गण्डकी प्रदेश बाहेक ६ वटा प्रदेशमा ३६ जना संक्रमित आइसियू र भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २ जना भेन्टिलेटरमा र ३४ जना संक्रमित आइसियूमा छन्। आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा पाइएको छ। बागमती प्रदेशमा मात्र २१ जना आइसियूमा र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
प्रदेश २ मा ७ जना, प्रदेश १ मा ३ जना संक्रमित अस्पतालको आइसियूमा छन् । प्रदेश १ मा एक जना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार समेत भइरहेको छ।
बाँकी प्रदेश ५, कर्णाली र सुदूरपश्चिममा १/१ जना संक्रमित अस्पतालको आइसियूमा रहेको मन्त्रालयले जानकारी दिएको छ।