मुख्य समाचार

नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो, आज २५९ जना थपिए

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा ७ हजार ६ सय ८७ जनामा गरिएकाे पिसिआर परीक्षणमा क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २२ हजार ९ जना पुगेको छ।

म‌ंगलबार ६५ जना उपचारपछि निकाे भइ डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म १५ हजार  २६ जना उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म ५८ जना संक्रमितको मृत्यु भएको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने