मुख्य समाचार

मंगलबार कुन जिल्लामा कति संक्रमित?

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ। गत २४ घन्टामा मात्र २ सय ५९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणको क्रममा झापाका १, मोरङका २,  सुनसरीका ९, कोशी अस्पताल विराटनगरमा झापाका र सुनसरीका ३÷३, र मोरङका १० जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा धनुषाका १, इलामका २, झापाका ४, मोरङका १०, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सिरहाका १ र सप्तरीका ७ जनामा कोरोना पुष्टि भएको छ। 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १२, महोत्तरीका १५, सर्लाही र सिरहाका १÷१, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल टेकुमा बझाङका १, भक्तपुरका ११, काठमाडौंका ३८, सर्लाहीका २५ जनामा कोरोना भेटिएको छ। 

किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशाला हेटौंडामा बाराका ६, पर्साका १, रौतहटका ६, वीर अस्पताल काठमाडौं प्रयोगशालामा धनुषाका १ जनामा कोरोना भेटिएको छ। 

त्यस्तै त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा काठमाडौंका ५, मोरङका १, नुवाकोटका २, स्याङजाका १, तनहुँका १ र रुकुम पश्चिमका १, नेपाल प्रहरी अस्पताल प्रयोगशाला महाराजगञ्जमा भक्तपुरका र चितवनका १÷१ जनाका कोरोना देखिएको मन्त्रालयले जनाएको छ। 

स्टार अस्पताल सानेपा प्रयोगशालमा कास्कीका १, काठमाडौंका २, ललितपुरका १, रुपन्देहीका १, बिआइडिएस ल्याब काठमाडौंमा काठमाडौंँका ३ जनामा कोरोना भेटिएको छ। 

नेपाल कोरियामैत्री अस्पतालमा बाराका र भक्तपुरका १÷१, प्रदेशिक क्षयरोग केन्द्र पोखरामा कास्कीका र लमजुङका १÷१, पर्वतका १ र स्याङजाका ३ जनामा कोरोना देखिएको छ। 

प्रदेशिक प्रयोगशाला रुपन्देहीमा गुल्मीका ५, रुपन्देहीका ६, भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाँके ११, सल्यानका २, लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा कपिलवस्तुका २, रुपन्देहीका २ र सल्यानका १ जनामा कोरोना संक्रमित देखिएको छ। 

सेती प्रादेशिक अस्पताल प्रयोगशाला धनगढीमा अछामका ११, कैलालीका २२, जनाका कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ। 

कोरोनाको आशंकामा गत २४ घण्टामा ७ हजार ६ सय ८७ जनाको पिसिआर परीक्षण भएको छ। कुल संक्रमितमध्ये हाल ५ हजार ९ सय २५ जना संक्रिय संक्रमित छन्। मुलुकभर हाल १० हजार ४ सय ५२ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने