सिरहा- जिल्ला प्रशासन कार्यालय सिरहाले साउन १४ मा कोभिड-१९ को संक्रमण फैलिन नदिन सुरक्षा तथा निषेधाज्ञा जारी गर्यो। सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप कडेँलकाअनुसार समुदायस्तरमा कोरोना संक्रमण फैलिन थालेपछि कडाइ गर्न थालिएकाे हाे।
‘हामीले निषेधाज्ञा नभने पनि के-के गर्न पाइने के-के गर्न नपाइने भनेर छुटाएका छौँ,’ प्रमुख जिल्ला अधिकारी कडेँलले भने, ‘समुदायस्तरमा दुई जनालाई देखिएपछि कडाइ गरेका छौँ।’ कडेँलका अनुसार खुला सिमाना, आवातजावत, घुमफिर बढी भएकाले कोरोना फैलिएको हो।
जिल्ला प्रशासन कार्यलयले उपलब्ध गराएको तथ्याङ्कअनुसार सिरहा जिल्लाभर २६ वटा क्वारेन्टाइन छन्। जसकाे क्षमता १ हजार ७ सय ४२ जनाको छ।अहिले ५ सय जना क्वारेन्टाइनमा बसिरहेका छन्।
भारतबाट मजदुरी गरेर आउने तथा अन्य काममा बाहिर गएकालाई क्वारेन्टाइनमा राखिएको छ। अहिलेसम्म ५ हजार १ सय ५१ जना १४ दिन क्वारेन्टाइनमा बसेर कुनै लक्षण नदेखिएपछि घर फिर्ता भइसकेका छन्। अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या २८ जना रहेका छन्।
प्रमुख जिल्ला अधिकारी कडेँलका अनुसार कोरोना संङक्रमित दर बढे अनुसार परीक्षण हुन सकेको छैन भने समुदायस्तरमा कोरोना फैलिएको छ। ‘क्वारेन्टाइनमा नबसेकालाई कोरोना लाग्यो भने हामीले समुदायस्तरमा फैलिएको मान्न थालेका छाैँ,’ प्रजिअ कडेँलले भने, ‘समुदायस्तरको ३ जनालाई देखिएपछि २७ जनालाई कन्ट्याक्ट ट्रेसिङ गर्ने निणर्य गरेका छाैँ।’
कोरोना सङ्क्रमितलाई सिरहा अस्पताल र लाहान अस्पतालमा राखेर उपचार भइरहेको लहान नगरपालिकाका मेयर मुनी शाह दुडीले बताए। ‘सङ्क्रमितलाई दुईतीनथरि अस्पतालमा राखेर उपचार गरेका छौँ,’ मेयर दुडीले भने, ‘उपचारको अभाव भएको छ। व्यवस्थापन गर्न समस्या भएको छ।’
प्रशासन कार्यालयले समुदायस्तरमा कोरोना फैलिन नदिन मन्दिर, मस्जिद, चर्च, गुम्बामा भेला नहुन र भीडभाड नगर्न भनेकाे छ। यस्तै जमघट नहुन, हाटबजार नलगाउन, किनमेल गर्दा दूरी कायम गर्न, साबुन पानीले हात धुन, स्यानीटाइजर र मास्कको प्रयोग गर्न भनेकाे छ। यसैगरी जिल्लमा चल्ने सवारी साधनमा समेत सुरक्षा स्वास्थ्य सम्बन्धी मापदण्ड प्रोटोकल पालाना गर्न सूचना जारी गरेको छ।
प्रजिअ कडेँलले नागरिक बेर्वाह हुन नहुने बताए। ‘नागरिक आफैं सचेत हुने हो सार्वजनिक स्थलमा मापदण्ड पूरा गरेको छ कि छैन? अनुगमन पनि हाम्रा निकायले गछर्न्, ’प्रजिअ कडेँलले भने, ‘आफैं सचेत नहुने हो भने कोरोना फैलिन्छ।’