काठमाडौं- पछिल्लो २४ घन्टामा बुधबार काठमाडौं उपत्यकामा थप ६२ जना कोरोना संक्रमति थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५७ र ललितपुरमा ५ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो।
काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ५९८, ललितपुरमा ११४ र भक्तपुरमा ७७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४१६ पुरुष र १८२ महिला, ललितपुरमा ७२ पुरुष र ४२ महिला, भक्तपुरमा ४५ पुरुष र ३२ महिलामा कोरोना संक्रमण देखिएको हो।
योसँगै उपत्यकामा कुल संक्रमितको संख्या ७८९ पुगेको छ।
बुधबार देशभर ३८१ संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ।