काठमाडौं- पछिल्लो २४ घन्टामा थप १ सय ३० जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यो सहित नेपालमा हालसम्म १५ हजार १ सय ५६ उपचारपछि निको भएका छन्।
खोटाङ, धनकुटा भोजपुर, संखुवासभा, मनाङ, मुस्ताङ र रुकुम पश्चिम गरी ७ जिल्ला संक्रमणमुक्त भएका छन्।
त्यस्तै २४ घन्टामा ६ हजार ५ सय ५९ जनाको पिसिआर परीक्षण भएको छ।
हाल ९ हजार ९ सय २५ जना हाल क्वारेन्टाइनमा छन्। आइसोलेसनमा ६ हजार १ सय ७४ जना रहेका छन्। हालसम्म नेपालमा ६० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
कुन प्रदेशमा कति डिस्चार्ज ?
प्रदेश १– ९१६
प्रदेश २– २३१२
बागमती प्रदेश– ५४३
गण्डकी प्रदेश– १३६२
प्रदेश ५– ४०७८
कर्णली प्रदेशमा– १७४४
सुदूरपश्चिम प्रदेश– ३२९१