काठमाडौं - काठमाडौंमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। बलम्बुस्थित नेपाल प्रहरी अस्पताल (एपीएफ) मा उपचाररत ६५ वर्षीय महिलाको मृत्यु भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६१ पुगेको छ।
सर्लाहीको मलगंवा स्थायी ठेगाना भएकी उनी काठमाडौंको सितापाइलामा बस्दै आएकी थिइन्। ज्वरो आएपछि उनले सर्लाहीकै एक अस्पतालमा भर्ना उपचार गराएकी थिइन्।
समस्या बढ्दै गएपछि स्वम्भुस्थित मनमोहन अस्पतालमा १६ गते भेन्टिलेटरमा राखेर उनको उपचार सुरु गरिएको एपीएफ अस्पतालका डा. प्रवीन नेपालले बताए। उनको १८ गते कोरोना पोजेटिभ आएपछि १९ गते एपीएफ अस्पतालमा सारिएको उनले जानकारी दिए।
एपीएफ अस्पतालमा पनि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। डा. नेपालका अनुसार ती महिलालाई निमोनिया भएको थियो। उनी रक्तचाप र बाथरोगका बिरामी भएको अस्पतालले जनाएको छ। उनलाई स्क्रब टाइफस समेत भएको उनले जानकारी दिए।