काठमाडौं- सरकारले जनस्वास्थ्यको मापदण्ड अनुसार २ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लामा बिहीबारदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ।
गृह मन्त्रालयले काठमाडौं उपत्यकामा पनि यो नियम लागू गर्न निर्देशन दिएको छ।
२०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा बेलुका ९ देखि बिहान ५ बजेसम्म आवागमनमा समेत रोक लगाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा काठमाडौं उपत्यका, कैलाली, पर्सा, रौतहट र महोत्तरी छन्।
सक्रिय संक्रमित भन्नाले संक्रमण देखिएर निको नभएकाहरु हुन्। यी जिल्लामा यसअघि धेरै जना संक्रमित उपचारपछि निको भइसकेका छन्।
कुन जिल्लामा कति सक्रिय संक्रमित?
काठमाडौं, भक्तपुर र ललितपुरमा ५६१
कैलाली ६६९
पर्सा ४७७
रौतहट ७७६
महोत्तरी ५४४