काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण भएको छ।
दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार बुधबार दाहाल परिवार, सचिवालय र सुरक्षाकर्मीको कोरोना परीक्षण गरिएको थियो।
त्यसमध्ये नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत ६ जनालाई कोरोना देखिएको उनले बताए। बाहिरी सुरक्षा घेरामा कार्यरत सुरक्षाकर्मीमा कोरोना देखिएको उनले जानकारी दिए।
तर दाहाल परिवारमा भने संक्रमण नदेखिएको जनाइएको छ।