काठमाडौं- विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितका आफन्तले चिकित्सकमाथि हातपात गर्ने प्रयास गरेका छन्।
विराटनगरका ४५ वर्षीय पु?षको बुधबार दिउँसो निधन भएपछि उनका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आइसोलेसन कक्षमै प्रवेश गरेर हातपात गर्न खोजेको अस्पतालका कोभिड इन्जार्च डा दीपक सिग्देलले जानकारी दिए।
ती पु?ष मंगलबार राति कलेजोमा समस्या आएकोले इमर्जेन्सीमा भर्ना भएका थिए। उनलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि बुधबार आइसोलेसनमा सारेर स्वाब संकलन गरिएको थियो।
कोरोना परीक्षणको रिपोर्ट नआउँदै उनको मृत्यु भएको थियो।