काठमाडौं- पछिल्लो २४ घन्टामा थप २ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यो सहित नेपालमा हालसम्म १५ हजार ३ सय ८९ उपचारपछि निको भएका छन्।
खोटाङ, धनकुटा, भोजपुर, संखुवासभा, मनाङ, मुस्ताङ गरी ६ जिल्लामा संक्रमितको संख्या शून्य भएको छ।
२४ घन्टायता ६ हजार ६ सय २२ जनाको पिसिआर परीक्षण भएको थियो।
हाल ९ हजार ४ सय ७० जना क्वारेन्टाइनमा छन्। आइसोलेसनमा ६ हजार २ सय ९६ जना रहेका छन्। हालसम्म नेपालमा ६५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
कुन प्रदेशमा कति डिस्चार्ज?
प्रदेश १– ९३७
प्रदेश २– ३२३४
बागमती प्रदेश– ५९१
गण्डकी प्रदेश– १३६२
प्रदेश ५– ४०९७
कर्णाली प्रदेश– १७७७
सुदूरपश्चिम प्रदेश– ३३९१