काठमाडौं– देशभर हाल ६६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
गण्डकी प्रदेश र कर्णली प्रदेश बाहेक सबै प्रदेश गरी ६६ जना संक्रमित आइसियु र भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ३ जना भेन्टिलेटरमा र ६३ जना संक्रमित आइसियुमा छन्।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी प्रदेश २ मा छ। प्रदेश २ मा ३३ जना, प्रदेश १ मा १, बागमती प्रदेशमा २६ जना आइसियुमा र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै प्रदेश ५ मा २ जना, सुदूरपश्चिम प्रदेशमा १ जना संक्रमित आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।