काठमाडौं – कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या प्रदेश २ मा सबैभन्दा धेरै भेटिएको छ। देशभर ६ हजार २ सय ९६ सक्रिय संक्रमितमध्ये प्रदेश २ मा मात्र २ हजार ६ सय ९३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सबैभन्दा धेरै सक्रिय संक्रमित रहेको प्रदेशको सूचीमा सुदूरपश्चि दोस्रो स्थानमा छ। त्यहाँ १ हजार ४ सय ९० जना सक्रिय संक्रमित छन्।
बागमतीमा ८ सय ३५, प्रदेश ५ मा ३ सय ७७, गण्डकीमा २ सय ८०, प्रदेश १ हजार ३ सय ५८ र कर्णाली प्रदेश सबैभन्दा कम २ सय ६३ जना सक्रिय संक्रमित छन्।
जिल्ला अनुसार सक्रिय संक्रमितको संख्या
प्रदेश १
प्रदेशमा १ को शंखुवासभा, धनकुटा र खोटाङमा सक्रिय संक्रमित शून्य छ। ताप्लेजुङ ८, सोलुखुम्बु २, ओखलढुंगा ३, भोजपुर २, तेह्रथुम १,पाँचथर १, इलाम ४६, झापा ४८, मोरङ १८३, सुनसरी ५४, उदयपुरमा १० जना सक्रिय संक्रमित छन्।
प्रदेश २
प्रदेश २ को सप्तरी १८१, सिराह ७४, धनुषा १७९, महोत्तरी ५४४, सर्लाही १६४, रौतहट ७७९, बारा ९९ र पर्सामा ६६३ जना सक्रिय संक्रमित छन्।
बागमती प्रदेश
दोलाख ३, सिन्धुपालचोक ३१, रसुवा १, धादिङ २२, नुवाकोट २०, काठमाडौं ५५५, भक्तपुर ४६, ललितपुर ९१, काभ्रेपलान्चोक ३, रामेछाप २०, सिन्धुली ५, मकवानपुर ३२ र चितवनमा ६ जना सक्रिय संक्रमित छन्।
गण्डकी प्रदेश
मनाङ र मुस्ताङ सक्रिय संक्रमितको शंख्या शून्य छ। गोरखा २९, म्याग्दी ८, कास्की ४५, लमजुङ २०, तनहुँ १९, नवलपरासी पुर्व ३९, स्याङजा १०१, पर्वत ५ र बाग्लुङमा १४ जना सक्रिय संक्रमित छन्।
प्रदेश ५
रुकुम पुर्व ४, रोल्पा ८, प्युठान ९, गुल्मी १६, अर्घाखाची २४, पाल्पा १०, नवलपरासी पश्चिम ४९, रुपन्देही ५०, कपिलवस्तु १०३, दाङ ६७, बाँके ६० र बार्दिया २२ जना सक्रि संक्रमित छन्।
कर्णाली प्रदेश
रुकुम पश्चिममा सक्रिय संक्रमित शून्य छन्। हुम्ला २, मुगु ८, डोल्पा २, कालीकोट १९, दैलेख १०५, सुर्खेत ३१, जुम्ला ४, जाजरकोट १५ र सल्यान ७७ जना संक्रमित छन्।
सुदूरपश्चिम प्रदेश
कञ्चनपुर ६५, डडेल्लधुरा ४२, बैतेडी २०, दार्चुला २६, कैलाली ६०२, डोटी १९०, बझाङ १८४, बाजुरा १९० र अछाममा १७१ जना सक्रिय संक्रमित छन्।