काठमाडौं- नेपालमा थप एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। पाटन अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको हो।
अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माका अनुसार वीरगञ्जका ४५ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको हो। डा शर्माका अनुसार कोरोना संक्रमित ती पुरुषलाई साउन १७ गते स्टार अस्पतालबाट रेफर गरिएको थियो।
उपचारका क्रममा मृत्यु भएका ती संक्रमित मधुमेह र उच्च रक्तचापका बिरामी थिए।