काठमाडौं- शुक्रबार काठमाडौं उपत्यकामा १०६ कोरोना संक्रमित थपिएका छन्। यो हालसम्मकै उच्च संख्या हो। काठमाडौंमा मात्र शुक्रबार ९२, ललितपुरमा १० र भक्तपुरमा ४ जना संक्रमित देखिएका छन्।
आजको सहित काठमाडौंमा कूल संक्रमितको संख्या ९८२ पुगेको छ।
काठमाडौंमा ७६६, ललितपुरमा १३४ र भक्तपुरमा ८२ संक्रमित पुष्टि भएका छन्।
शुक्रबार देशभर ४६४ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ। भने ४२५ जना संक्रमित निको भएका छन्। निको हुनेहरुको संख्या शुक्रबार १५ हजार ८ सय १४ पुगेको छ।
पछिल्लो २४ घण्टामा ५ संक्रमितको मृत्यु भएपछि मृत्यु हुने संक्रमितको संख्या ७० पुगेको छ।