काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ। गत २४ घण्टामा मात्र ४ सय ६४ जनामा कोरोनामा भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणका क्रममा झापा,सुनसरीका १/१, कोशी अस्पताल विराटनगर प्रयोगशालामा मोरङमा २९ जनामा कोरोना भेटिएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ३५, झापाका १, गजेन्द्र नारयण सिंह अस्पताल राजविराज प्रयोगशालामा सप्तरीका १९, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १०,सर्लाही ३ जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा जागेश्वर गौतमले बताए।
नारायणी अस्पताल वीरगञ्जमा बाराका ४, पार्साका १३४,रौतहटका ४,राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सिन्धुपाल्चोका १,ललितपुरका ३,काठमाडौंका१४,नुवाकोटका ८, सर्लाहीका ६ जनामा कोरोना पृष्टि भएको छ।
त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भक्तपुरका २, बाराका २, कैलालीका २,काठमाडौंका ३९, सर्लाहीका २, ललितपुका ३, पर्साका २,रौतहटका १,तनहुँका २ जनामा कोरोना संक्रमण भएको छ।
किट जन्य रोग तथा अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा बाराका २,पाटन अस्पताल ललितपुरमा काठमाडौंका ५,धनुषाका १,भक्तपुरका १,ललितपुरका २,कास्कीका १, वीर अस्पताल काठमाडौंमा बाँके १,काठमाडौंका ४, बाराका १,बर्दियाका १ जनामा कोरोना देखीएको छ।
त्रिवि शिक्षण अस्पताल प्रयोगशाला महाराजगञ्जमा काठमाडौंका १,नेपालप्रहरी अस्पतालमा काठमाडौका ७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
स्टार अस्पताल सानेपामा काठमाडौंका ११,ललितपुरका १,पर्साका १,सर्लाहीका १,बिध ल्याबमा ललितपुरका १,काठमाडौंका २ जनामा कोरोना पृष्टि भएको छ।
ह्याम्स अस्पताल प्रयोगशालमा काठमाडौंका ४,नेपाल कोरियामैत्री अस्पताल प्रयोगशालमा भक्तपुरका १, काठमाडौंका १, क स्याङजाका १,पर्साका १ जनामा कोरोना भेटिएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा कास्की २, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा नवलपरासी पुर्वका १, कास्कीका ८ जनामा कोरोना देखिएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका १,नवलपरासीका २ भेरी अस्पताल नेपालगञ्जमा बाँके २८,बर्दियामा १४ जनामा कोरोना पृष्टि भएको छ।
सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा कालिकोटका ४,सुर्खेतका १,सोरिया हेल्थ केयरमा काठमाडौंका ४ जनामा कोरोना भेटिएको छ।
सेती प्रादेशिक अस्पताल धनगढीमा अछामका १,कैलालीका १७,कन्चनपुरका १ जनामा कोरोना पेष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
कोरोनाको आशंकामा गत २४ घण्टामा ७ हजार ९ सय २६ जनाको पिसिआर परीक्षण भएको छ। कुल संक्रमितमध्ये हाल ६ हजार ३ सय ३० जना संक्रिय संक्रमित छन्। मुलुकभर हाल १० हजार २ सय ७ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।