काठमाडौं- पछिल्लो २४ घण्टामा थप ४९९ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
योसहित नेपालमा हालसम्म १६ हजार ३१३ उपचारपछि निको भएका छन्।
हाल ६ हजार २ सय ६ जना संक्रमितको नेपालमा उपचार भइरहेको छ।
हाल १० हजार ७ सय ९२ जना क्वारेन्टाइनमा छन्। शनिबार ७ हजार ८ सय ८८ जनाको पिसिआर परीक्षण भएको छ।
नेपालमा शुक्रबारसम्म ७० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको थियो।