मुख्य समाचार

२४ घण्टायता थप ३७८ जनामा कोरोना संक्रमण, २२ हजार ५९२ पुगे संक्रमित

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ३७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २२ हजार ५९२ जना पुगेको छ। 

पछिल्लो २४ घण्टामा थप ४९९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १६ हजार ३१३ उपचारपछि निको भएका छन्।

हाल ६ हजार २ सय ६ जना संक्रमितको नेपालमा उपचार भइरहेको छ। हाल १० हजार ७ सय ९२ जना क्वारेन्टाइनमा छन्। शनिबार ७ हजार ८ सय ८८ जनाको पिसिआर परीक्षण भएको छ।

नेपालमा शुक्रबारसम्म ७३ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको थियो।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने